कोरोना भाइरसः कुन देशमा के भइरहेको छ ?

एजेन्सी– चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले विश्वका दर्जनभन्दा बढी देशमा समस्या देखिन थालेको छ । विभिन्न युरोपेली देशहरुले पनि आफ्नो देशमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको बताउन थालेका छन् । युरोपमा सबैभन्दा पहिले कोरोना भाइरसका संक्रमित इटालीमा देखिएका थिए ।

अस्ट्रिया, क्रोयसिया, स्विट्जरल्यान्डमा पनि कोरोना भाइरस संक्रमित देखिएका छन् । यी देशमा इटाली पुगेका मानिसहरुमा कोरोना भाइरस देखिएको बताइएको छ । अल्जेरियामा पनि इटालीबाट फर्किएका व्यक्तिमा कोराना भाइरस देखिएको छ ।

उता, ब्राजिलमा पनि इटालीबाट नै फर्किएका एक व्यक्तिमा कोराना भाइरसको संक्रमण देखिएको छ ।

इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको छ, ३ सयभन्दा बढीमा यो संक्रमण देखिएको छ ।

तर, इटालीका छिमेकी देशहरुले अहिले सीमा बन्द नगर्ने बताएका छन् । सीमा बन्द गर्दा थप समस्या हुने उनीहरुको बुझाइ छ । फ्रान्स, जर्मनी, इटाली र इयुका स्वास्थ्यमन्त्री तथा अधिकारीहरुले मंगलबार सीमा बन्द गर्दैमा भाइरस संक्रमण नरोकिने निष्कर्ष निकालेका छन् ।

जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पाह्नले छिमेकी देशहरु यसबारे गम्भीर भएको तर अहिले नै सीमा बन्द गर्दा झन् समस्या पर्न सक्ने भन्दै पर्यटकहरुलाई नयाँ गाइडलाइन ल्याएको बताएका छन् ।



उता, इटालीमा वर्षेनी लाखौँ बेलायती घुमघामका लागि पुग्ने भएकाले इटालीमा ठूलो समस्या भएको यो भाइरसले बेलायतमा पनि समस्या निम्त्याउन सक्ने अनुमान गरिएका छन् ।

अर्कोतिर, इटालीले चीनबाट आउने सबै उडान केहीअघि नै बन्द गरिसकेको थियो । तर, अहिले युरोपमा सबैभन्दा बढी संक्रमित देश नै इटाली बनेको छ । यसलाई त्यो क्षेत्रका स्वास्थ्यमन्त्रीहरुले विशेष चासोका साथ हेरेका छन् । 



फ्रान्स, जर्मनी, स्पेन, स्विट्जरल्यान्ड लगायतका देशमा देखिएका कोरोना भाइरस संक्रमित सबै इटालीबाट फर्किएका मानिसहरुमा देखिएको छ ।

  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार ११:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया