Thu, 02 Apr, 2020


वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा निर्णय
फरकधार / फागुन १४, २०७६
फाइल तस्वीर ।

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने भएका छन् । बुधबार बसेको नेकपा सचिवलायले यो निर्णय गरेको हो । 



यसअघि गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था भएमा मात्र आफू राष्ट्रिय सभामा जाने बताएका थिए । उनकै मागअनुसार यसअघि बसेको नेकपा सचिवालय बैठकले माधव नेपालको नेतृत्वमा कार्यदल बनाउने छलफल गरेको थियो ।

तर, पार्टीभित्रबाट मात्र होइन, जनस्तरमा समेत यसको विरोध भएको थियो । त्यसपछि आज बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्