एजेन्सी– इंग्ल्यान्डकी महिला टिमकी कप्तान हेदर नाइटले नयाँ कीर्तिमान बनाएकी छिन् ।
उनी क्रिकेटको तीनवटै प्रारुप (टेस्ट, एकदिवसीय तथा टी– २०) अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनेकी छिन् ।
हेदरले अस्ट्रेलियामा जारी महिला टी–२० विश्वकपमा आज थाइल्यान्डविरुद्ध शतक प्रहार गर्दै यो रेकर्ड कायम गरेकी हुन् । उनले अविजित रहँदै ६६ बलमा १०८ रनको पारी खेलेकी थिइन् ।
हेदरले सन् २०१३मा अस्ट्रेलियाविरुद्ध टेस्टमा तथा सन् २०१७मा पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गरेकी थिइन् ।
यसका साथसाथै हेदर क्रिकेटको तीनै प्रारूपमा शतक प्रहार गर्ने इंग्ल्याल्यान्डको पहिलो खेलाडी (महिला तथा पुरुष दुवै गरेर)समेत बनेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।