महिला टी–२० विश्वकप : पाकिस्तानको विजयी सुरुवात

अस्ट्रेलियामा जारी महिला टी–२० विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ ।   

क्याभेरास्थित मानुका ओभलमा आज भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो । 

टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान स्टिफिनी टेलर तथा साइमाइनी काम्पवेलले समान ४३ रनको योगदान दिँदा लि–अन किर्बोले १६ रनको योगदान दिइन् ।

पाकिस्तानका लागि दिना बैग, एइमन अनवर तथा निदा दारले समान २ विकेट हात पारे । 

१२५ रनको लक्ष्य पाकिस्तानले १८ .२ ओभरमा २ विकेट विकेट गुमाउँदै पूरा गर्यो । 



पाकिस्तानका लागि कप्तान विस्माह मारुफले सर्वाधिक ३८, जाविरा खानले ३५ तथा मुनिवा अलीले २५ रनको योगदान दिए । 

वेस्ट इन्डिजका लागि एफ्रे प्mलिट्चर तथ स्टिफिनी टेलरले समान १ विकेट हात पारे । 
 



  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार १८:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया