पेट्रोल, डिजेल र हवाई इन्धनमा १० रुपैयाँ कर लगाउने सरकारको निर्णय

काठमाडौं– सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ । सञ्चारमन्त्रीको पनि कार्यभार सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले यसबारे जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्नका लागि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्द्र उनले पूर्वाधार विकास करको दर परिर्वतन गरेको जानकारी दिए । फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार अब पेट्रोल, डिजेल र हवाई इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले  बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि भन्दै ५ रुपैयाँ पूर्वाधार विकास कर लगाएका थिए ।

अहिलेसम्म ४१ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसके पनि सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउन सकेको छैन । अहिलेसम्म पनि मुआब्जा वितरणको काममै सरकार अल्झिरहेको छ ।

सरकारको पछिल्लो निर्णयमा भने पूर्वाधार कर मात्रै भनिएको छ । कुनै विषयक्षेत्र तोकिएको छैन ।   





  • प्रकाशित मिति : फागुन १५, २०७६ बिहीबार १६:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया