Tue, 26 May, 2020


बाँस्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने– केही प्रमाण छैन, भ्रष्टाचार भएजस्तो गरी प्रचार नगरौँ
फरकधार / फागुन १५, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बाँस्कोटाको बचाउमा प्रधानमन्त्रीले केही समय खर्च गरे । 



बिहीबार नेकपाको वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले राजीनामा नदिएको बताए । बाँस्कोटाको बचाउ गर्दै उनले भने, ‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त अडिओ मेरो होइन भन्नुभएको छ। सत्यता पुष्टि भएको छैन।’ 

स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन नभनेको उल्लेख गर्दै उनले बाँस्कोटामाथि लागेको आरोपको पुष्टि नभएको र बात लागेको आधारमा मात्र राजीनामा दिएको तर्क गरे । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न जर्मन र फ्रान्स सरकारसँग सीधा कुरा भइरहेको जानकारी गराउँदै प्रधानमन्त्रीले कसरी स्विस एजेन्टको कुरा आयो भन्दै आश्चर्य प्रकट गरे ।

आफूले कसैको डिफेन्ड गर्न नखोजेको भन्दै उनले बाँस्कोटा दोषी भए उनलाई कारबाही हुने र होइन भने झुटो बोल्नेलाई कारबाही हुने बताए । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्