नवलपरासीमा दुर्घटना, एकजनाकाे मृत्यु

नवलपरासी– पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ ।  नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोकमा नजिक गएराति ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गैडाकोट १५ निवासी २१ वर्षीय दिनेश गुरुङको निधन भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार लु ३ त ४८३३ नम्बरको ट्याक्टर  र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ३१६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक गैडाकोट १५ निवासी २१ वर्षीय दिनेश गुरुङको निधन भएको छ । 

दुर्घटनामा गम्भीर घाइते चालक दिनेश गुरुङ र मोटरसाइकलमा सवार गैडाकोट १५ बस्ने १९ वर्षीय प्रितम गुरुङ गम्भीर घाइते भएकोमा चालक गुरुङको उपचारको क्रममा बिहीबार राति पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । अर्का घाइते प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ । 





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार ११:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया