काठमाडौं– भारतीय क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तानमा आफ्नो नाम दर्ज गराएका छन्, महेन्द्रसिंह धोनीले । उनी राम्रो कप्तान मात्र होइन, विश्वले नै पाएका उत्कृष्ट विकेटकिपरमध्ये एक पनि हुन् ।
तर, अब धोनीको नाम क्रिकेटमा मात्र जोडिनु हुँदैन । उनले त खेतीपाती वा कृषिकर्म पनि सुरु गरेका छन् ।
सन् २००७ मा टी २० र सन् २०११ मा एकदिवसीय विश्वकप भारतलाई जिताएका धोनीले सन् २००४ डिसेम्बर २३ गते बंगलादेशविरुद्ध भएको एक दिवसीय खेलबाट भारतीय क्रिकेटमा डेब्यु गरेका थिए । त्यस्तै, उनले सन २००५ डिसेम्बर २ मा श्रीलंकाविरुद्ध खेलेर टेस्टमा र सन् २००६ डिसेम्बर १ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेर टी २० मा डेब्यु गरेका थिए ।
उनले भारतकालागि ३५० एक दिवसीय अन्तराष्ट्रिय खेलमा १० सतक तथा ७३ अर्धसतकको मदतमा १०,७७३ रन प्रहार गरेका छन् । धोनीले ९० टेस्ट खेल्दा ६ सतक तथा ३३ अर्धसतकको मद्दतमा ४,८७६ रन प्रहार गरेका छन् ।
त्यस्तै, उनले ९८ अन्तराष्ट्रिय खेल खेल्दा २ अर्धसतकको मदतमा १६,१७ रन प्रहार गरेका छन् ।
सन २०१९ मा एक दिवसीय विश्वकपको सेमीफाइनलमा न्युजिल्यान्डसँग पराजय व्यहोरे यता धोनी क्रिकेटमा खासै सक्रिय छैनन् । तर, उनी अब छिट्टै फेरि मैदानमा देखिने छन् । किनकि २९ मार्चमा आइपिएलको नयाँ श्रृङ्खला सुरु हुँदैछ । यही खेलबाट फेरि धोनी मैदानमा देखिने अनुमान गरिएका छन् ।
तर, क्रिकेटको मैदानबाट अलिक बाहिर निस्कएका धोनी अहिले खेतीपातीमा रमाइरहेका छन् । उनले आफ्नै घरमा तरबुजा र मेवाको खेती सुरु गरेका छन् । उनी खेतमा काम गरिरहेको एउटा भिडियो अहिले सामाजिक सन्जालमा निकै भाइरल भएको छ । यो धोनीको अग्र्यानिक खेती हो ।
खेती सुरु गर्न धोनीले पूजापाठ मात्र गरेनन्, धूपबत्ती बाल्दै नरिवल पनि फोडेका छन् ।
उनले भिडियो सेयर गर्दै भनेका छन्– पहिलो पटक भएकाले पनि म निकै उत्साहित छु ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।