ओमानमा नेपाली दूतावासले भन्याे– काेराेनाबाट सतर्क रहनु

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस  (कोभिड–१९) को संक्रमण विश्वव्यापी बन्दै गएपछि ओमनमा रहेका नेपालीहरूलाई सुरक्षित रहन ओमनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । 

गत २५ फेब्रुअरीमा ओमनका स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तिअनुसार ओमनमा अहिलेसम्म चार जना कोरोनाबाट संक्रमित  भएका छन् । नेपाली कामदारसमेत जोखिममा रहेकोले कोरोनाबाट सजक र सचेत रहन दुताबासले आग्रह गरेको हो । 

साथै, दुतावासले कोरोनाका लक्षण देखा परेमा ओमनको स्वास्थ्य मन्त्रालयलको सम्बन्धित शाखामा सम्पर्क गरी आफ्नो बारेमा सम्पूर्ण जानकारी दिने र स्वास्थ्यकर्मीहरूले दिएको निर्देशन पालन गर्न अनुरोध गरेका छन् । दूतावासले ओमनमा कोरोना संक्रमणको प्रभाव खासै नपरेकोले नआत्तिनसमेत अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १७:१६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया