हेल्पिङ ह्यान्ड्स नर्वेमा नयाँ नेतृत्व, अध्यक्ष तसाैवर खान

नर्वे— नर्वेमा रहेका नेपालीहरुले स्थापना गरेको हेल्पिङ ह्यान्डस् फर नेपाल नर्वे (एचएचएनएन) को अध्यक्षमा तसौवर खान चयन भएका छन् । नर्वेको राजधानी ओस्लोमा शनिबार भएको संस्थाको साधरणसभा तथा तेस्रो अधिवेशनबाट तसौवर खानको अध्यक्षतामा १२ जनाको कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा विनोद बस्याल, महासचिवमा सरला कट्टेल, सचिवमा तारणी पोखरेल, कोषाध्यक्षमा राजु धिताल, सहकोषाध्यक्षमा लोकेन्द्र कार्की चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा सिद्धान्त घले, याम कट्वाल, पुर्ण भुसाल, जग्गनाथ तिम्लिसिना, सुरेश सापकोटा, शुष्मा श्रेष्ठ छन् ।

हेल्पिङ ह्यान्डस्का निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार सबै कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । अध्ययनका शिलशिलामा नर्वे आएका नेपालीहरुले सन् २०१३ मा स्थापना गरेको हेल्पिङ ह्यान्डस्ले नेपालका दुर्गम जिल्लाको शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।

नर्वेमा रहेका नेपालीबीच एकता कायम गर्दै नेपाली नेपालीबीच सहयोग उठाएर नेपालमा सामाजिक कार्य गर्ने लक्ष्यले संस्थाको स्थापना गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १९:१३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया