भारतले फेरि कालापानीलाई आफ्नो क्षेत्र बनाएर नयाँ नक्सा जारी गर्‍याे

काठमाडौं— भारतले नेपाली भूभाग कालापानी समेटेर फेरि नयाँ नक्सा सार्वजनिक गरेको छ । शुक्रबार यो नयाँ नक्सा संस्कृतमा जारी गरिएको हो । 

भारतीय अनलाइन मिडिया द प्रिन्टमा उल्लेख भएअनुसार भारतले संस्कृतमा यो नयाँ नक्सा जारी गरेको १८ वर्षपछि हो । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर भारतले यो नयाँ नक्सा जारी गरेको द प्रिन्टमा लेखिएको छ । 

यसअघि संस्कृतमा भारतको नक्सा सन् २००२ मा जारी गरिएको थियो । त्यति बेला अटल बिहारी वाजपेयी भारतीय नेतृत्वमा थिए । 

यसपटक यो नक्सा भारतका विज्ञान तथा प्रविधि मन्त्री हर्ष वर्धनले जारी गरेका हुन् ।

यसअघि जम्मु र कश्मिरलाई विशेष दर्जाको राज्यबाट छुटाएपछि भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमी पनि समेटिएको थियो । त्यसको नेपालमा व्यापक विरोध भएको थियो । यसबारे कुटनीतिक स्तरमा वार्ता गरेर समाधान गर्ने सरकारले जनाएको छ । तर, नेपाल सरकारले सीमाको विषयमा भारतसँग वार्ताका लागि कुनै पहल सुरु गरेको छैन ।





  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार ७:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया