इस्टर्न रिजन टी २०: नेपाल मलेसियासँग आज खेल्दै

काठमाडाैं - एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटको छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे थाइल्याण्डको बैंककमा सुरु हुनेछ । पाँच देश सहभागी प्रतियोगिताको शीर्ष २ टिम इष्टर्न रिजन टी-२० प्रतियोगिताका लागि छनोट हुनेछन् । 

मार्च ६  सम्म चल्ने प्रतियोगितामा नेपालसहित घरेलु टोली थाइल्याण्ड, मलेसिया, हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । नेपालले यो प्रतियोगिता जित्ने लक्ष्य लिएको यसअघि नै कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् ।

एसिया कप क्वालीफायरका लागि यो प्रतियोगिताका शीर्ष दुई टिमले स्थान बनाउने छन् । थाइल्याण्डमा शुक्रबार सहभागी पाँच वटै देशका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका थिए । 





  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार ७:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया