हेमामाथि प्रहरी लाठी, बाबुराम भट्टराईको टिप्पणी

काठमाडौं— अहिले सामाजिक सञ्जालमा हेमा श्रेष्ठ नाम गरेकी महिलाले बच्चा बोकिरहेको अवस्थामा प्रहरीले उनलाई पछाडिबाट लठ्ठीले प्रहार गरिरहेको भिडियो निकै भाइरल छ । शुक्रवार भैसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा महिलाहरुले धर्ना दिइरहेको बेला प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन बल प्रयोग गरेको थियो । 

त्यही बेला महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्स्पेक्टर देवीप्रसाद पौडेलले छोरा बोहिरहेकी हेमामाथि लाठी बर्साएका थिए ।

प्रहरीको यो व्यहोराले सम्पूर्ण प्रहरी प्रशासनमाथि नै सामाजिक सन्जालमा व्यापक आलोचना भएको छ । नहोस् पनि किन, ती इन्स्पेक्टरले छोरा बोकेर उभिएकी एक महिलालाई निर्मम तरिकाले प्रहार गरेका छन् । 

अमानवीय त्यो घटनामाथि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई देखि पूर्वमिस नेपाल शृङ्खला खतिवडा, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायत दर्जनौँले आआफ्नो प्रतिक्रिया दिएका छन् । 





  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार १४:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया