ब्याटिङ नचल्दा मलेसियासँग नेपाल पराजित

काठमाडौं– थाइल्यान्डमा एसिसी इस्टर्न रिजन टी २० क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । १ सय ५५ रन लक्ष्य पाएको नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो । 

नेपालले १९।४ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो । मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । 

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले र कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक तथा समान ३८–३८ रन बनाए । पवन सर्राफले १९ रनको योगदान गरे । पारस खड्काले ९, आरिफ शेख ५, करण केसी २ रन बनाएर आउट हुँदा कुशल मल्ल शुन्य रनमै पेभिलियन फर्किए । 

सुरूमै विकेट गुमाएको नेपालको ब्याटिङ आज खासै जम्न सकेन । 





  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार १५:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया