दर्जन बढी जनविद्युत् आयाेजना भएकाे लमजुङ अन्धकारमा

लमजुङ– विद्युत् उत्पादनकाे हब भनेर चिनिने लमजुङमा दर्जनभन्दा बढी जलविद्युत आयोजनहरू सञ्चालनमा छन् । कतिपय योजना निर्माणाधीन छन् । जिल्लामा उत्पादित विद्युतले देशभर झिलीमिली भए पनि यहाँका अधिकांश स्थानीयबासी भने टुकी बत्तीको भरमा बस्न बाध्य भएका छन् ।

जिल्लाकाे दोर्दी गाउँपालिका-७ मा पर्ने फलेनी, दुई घारे, सिङ्ली, दैलुङ, नागी, लस्सीबाेटलगायतका करिब एक दर्जन गाउँमा विद्युतीकरण हुन सकेको छैन । विद्युत पोल र तारहरू छरिएर अलपत्र परेकाे छ । गाउँमा विद्युत नहुँदा गाउँमा कुटानी पिसानी, विद्युतीय उपकरणको प्रयोग साथै बालबालिकाको पढाइसमेत प्रभावित भएको जीवन अमर आधारभूत विद्यालयका प्रधानध्यपक रोशन गुरुङ बताउँछन् ।

सो क्षेत्रमा मेमे पोखरी विद्युत सहकारी संस्थाले विद्युतीकरणको जिम्मा लिएको लामो समय भइसकेकाे छ । संस्थामार्फत २०७३ सालमा २ करोड २८ लाखमा जनमुखी कन्ट्रक्सनले विद्युतीकरणको टेण्डर लिए पनि काम हुन सकेको छैन । निर्माण व्यवसायीले काममा ढिलाइ र लापरवाही गरेकाले विद्युतीकरणमा समस्या भएकाे दोर्दी गाउँपालिका-७ का वडाध्यक्ष प्रेम बहादुर गुरुङ बताउँछन् । 





  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार २१:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया