काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेको छ ।
आइतबार डाकिएको यो बैठकमा राष्ट्रिय सभा सदस्य मनोनयन गर्ने विषयमा छलफल हुने अनुमान गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको आजको बैठक त्यसैले महत्वका साथ हेरिएको छ ।
यसअघि सचिवालय बैठकमा अधिकांश सदस्यहरुले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने मत दिएका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले यसमा असहमति जनाएका छन् ।
राष्ट्रिय सभामा अर्थमन्त्री रहेका डा. युवराज खतिवडाको समयावधि सकिँदै छ । ओलीले उनलाई नै दोहोर्याउन चाहेको तर सचिवालयका अन्य सदस्यले त्यसलाई स्वीकार नगरेको समाचार बाहिर आइरहेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दिएको जानकारीअनुसार आजको सचिवालय बैठकमा समसामयिक अन्य विषयमा पनि छलफल हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।