एजेन्सी– भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा गृहमन्त्री अमित शाहको लोकप्रियता भारतमा निकै घटेको छ । संसदमा नागरिकता संशोधन कानुन पारित भएपछि पहिलो पटक आइतबार कोलकाता जान लागेका अमित शाहको विरोध केही दिनअघि देखि नै सुरु भएको हो ।
विभिन्न संगठनले उनको विरोध गर्न सुरु गरेका छन्, उनीविरुद्ध कालो झन्डा देखाइएको छ गो ब्याक अमित शाह नारा घन्किन थालेको । सिपिएमले अमित शाहको स्वागत त्यसरी नै गर्ने जनाएको छ जसरी केही अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरिएको थियो ।
उता, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले तृणमुल कांग्रेसले चाहिँ विरोधमा भाग नलिने बताएकी छिन् । उनीहरुले यसको विरोधमा एउटा शान्तिपूर्ण ¥याली गरिने जानकारी दिएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।