नेपालको खराब ब्याटिङ, लगातार दोस्रो हार

काठमाडौं– एसिसी टी २० पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार हङकङसँग भएको खेलमा नेपालले दोस्रो हार व्यहोरेको हो । यसअघि शनिबार भएको खेलमा मलेसियासँग पनि नेपाल २२ रनले पराजित भएको थियो । 

आइतबारको खेलमा चाहिँ नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो ।

लगातार दुई खेलमा पराजित भएपछि नेपाल एशिया कप छनोट खेल्ने सम्भावना क्षीण बन्दै गएको छ ।

आइतबार भएको खेलमा हङकङले सुरुमा ब्याटिङ गर्दै नेपाललाई १५५ रनको लक्ष्य दिएको थियो । तर, नेपालले १८.१ ओभरमा समेटिँदै १११ रन बनाएर अलआउट हुन पुग्यो । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४६ रन जोडे । उनले ४३ बलमा ४ चौका र १ छक्काको सहयोगमा यो योगफल तयार पारेका हुन् । उनीसँगै ओपनिङमा गएका कुशल मल्ल १४ बलमा १४ रन जोडेर पेभेलियन फर्किए । 

यी दुईबाहेक आरिफ शेख, १० र अभिनास बोहोरा, १२ ले मात्र दोहोरो अंकको योगदान दिए । अन्य ब्याट्सम्यान सस्तोमा नै समेटिए । पारस खड्का ४ रन, पवन सर्राफ १ रन, विनोद भण्डारी ५ रन, करण केसी ७ रन, सन्दीप लामिछाने ० रन बनाएर आउट भए । 



नेपालका चार विकेट हङकङकका हारुन मोहमद अर्सादले लिए । त्यस्तै, हङकङका अफ्ताव हुसेनले ३ विकेट, इशान खानले २ विकेट लिए ।

हङकङले आजको खेलमा सुरुवातमै राम्रो प्रदर्शन गरेको थियो । हङकङका ओपनिङ ब्याट्सम्यान निजाकत खानले ४८ रन जोडे । 



नेपालका लागि सन्दीप लामिछाने र सुसन भारीले २–२ विकेट लिए । त्यस्तै, कुशल मल्लले एक विकेट लिए ।

  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार ११:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया