अमेरिका पुगेर पनि ट्रम्पले गरे मोदीको प्रशंसा

एजेन्सी– अमेरिकाको दक्षिण क्यारोलिनामा एक र्यालीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जमेर प्रशंसा गरेका छन् । उनले त्यहाँ मोदी महान व्यक्ति भएको र उनले आफ्नो मात्र नभएर अरु देशलाई पनि माया गर्ने गरेको बताएका छन् । 

उनले आफूले मोटेरा स्टेडियममा एक लाखभन्दा धेरै व्यक्तिलाई सम्बोधन गरेको र अब आफू भीडलाई लिएर कहिल्यै पनि उत्साहित नहुने पनि बताएका छन् । 

ट्रम्पले भनेका छन्, ‘भारतका मोदी त्यस्ता महान् व्यक्ति हुन् जसले भारतलाई मात्र होइन, पूरै विश्वका अन्य देशलाई पनि माया गर्छन् ।’ उनले थपे, ‘मलाई यहाँ तपाईंहरुसँग कुरा गर्न अत्यन्त खुसी लाग्छ किनकि यहाँ भीड छ । त, म जहाँबाट आएको हुँ, त्यहाँ झन् धेरै व्यक्ति थिए ।’





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १२:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया