प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार
फाइल तस्वीर ।

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला दोस्रोपटक प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने भएको हो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको नेकपा सचिवालय बैठकमा यसबारे जानकारी दिएका थिए । बैठकले उनको स्वास्थ्यलाभको कामना गरेको छ । 

प्रधानमन्त्री ओलीको यो दोस्रोपटक मिर्गौला प्रत्यारोपण हो । यसअघि २०६३ सालमा भारतको अपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

त्यसयता उनले नियमित औषधि सेवन गरिरहेका छन् । 

सन् २०१३ मा मिर्गौलामा अलिक बढी समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । त्यहाँ उनी एक महिनाभन्दा लामो समयसम्म उपचारका लागि बसेका थिए ।

गत १८ साउनमा पहिलो पटक उनी उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँको अस्पतालमा उनको फेरेसिस प्लाज्माफेरोसिस गरिएको थियो । तर, यसले पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याएको थिएन ।



त्यसयता प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित डायलाइसिस गर्दै आएका छन् ।

यसपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली भारत, अमेरिका वा नेपालमै गर्ने भन्नेमा थिए । चिकित्सकहरुको परामर्शपछि ओलीले नेपालमा नै मिर्गौला प्रत्यारोपण गर्ने भएका हुन् । 



ओलीका लागि यसपटक उनकी नातिनीले मिर्गौला दिने भएकी छिन् । तर, यसबारे प्रधानमन्त्री कार्यालयले खुलस्त पारेको छैन ।   

  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १५:१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया