प्रधानमन्त्री ओली भोलि अस्पताल भर्ना हुने, आज डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनी दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि भोलि अर्थात् सोमबार अस्पताल भर्ना हुँदै छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको हो । 

प्रधानमन्त्री ओलीले बैठकमार्फत अस्ताल बसुन्जेल आफ्नो कार्यभारको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिने भएका छन् । 

मिर्गौला प्रत्यारोणका लागि ओली सोमबार नै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुने तय भएको छ । नेकपा महासचिब विष्णु पौडेलले दिएको जानकारीअनुसार भोलि अस्पताल भर्ना हुनु पर्ने भएकाले ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

 





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १५:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया