‘चीन होइन, अन्यत्रबाटै सुरु भएको हो कोरोना’

एजेन्सी– नोवल कोरोना भाइरसका कारण अहिले विश्व त्रसित बनेको छ । सँगसँगै यो भाइरसबारे विभिन्न रिसर्च पनि गर्न थालिएको छ । अहिलेसम्म गरिएका विभिन्न रिसर्चले कोरोना भाइरस कहाँबाट सुरु भएको हो त भन्ने चाहिँ पत्ता लगाउन सकेका छैनन्  ।

त्यसो त सुरुमा कोरोना भाइरसका कारण चीनको वुहान सहरमा मानिसहरुको मृत्यु भएको थियो । त्यसैले चीनको वुहानलाई नै कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दू पनि मानिएको छ । 

तर, ग्लोबल टाइम्समा प्रकाशित एक शोधका अनुसार वुहान नभएर कोरोनाको सुरुवात अन्यत्रबाट पनि भएको हुनसक्छ ।

२१ फ्रेबुअरीमा चाइनिज एकेडेमी अफ साइन्सेजमा असोसिएट प्रोफेसर यु वेनबिनले एउटा शोधपत्र प्रस्तुत गरेका छन् । यसमा उनले वुहानको समुद्री मार्केट कोरोनाको उद्गम स्थल भन्न नसकिने आधार दिएका छन् । त्यसमा उनले कोराना भाइरसलाई पाँच ग्रुपमा राखेका छन् । ए, बी, सी, डी, ईमा बाँडिएको कोरोना भाइरसमध्ये सी ग्रुपको भाइरसमात्र चीनमा देखिएको उल्लेख गरेका छन् । तर, अमेरिकामा यी पाँचै समूहका कोरोना भाइरस देखिएको उनले उल्लेख गरेका छन् । 

युले मात्र होइन, अन्य चिनियाँ प्रोफेसरले पनि अन्यत्रबाट आएर वुहानमा कोरोना भाइरस फैलिएको हुनसक्ने सम्भावनालाई देखाएका छन् । उनीहरुले आफ्नो रिसर्च विज्ञानमा आधारित भएको र यसबारे थप अध्ययन गर्न पनि विश्व समुदायसँग आग्रह गरेका छन् ।

उता, ताइवानमा एउटा लोकल टिभीमा पेन हुवेई जंगले एउटा लेखको प्रसंग निकाल्दै यसको सुरुवाती कहाँबाट भएको हो भन्नेबारे अध्ययन तत्काल सुरु गर्नु पर्ने बताएका छन् । 





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १७:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया