बारम्बार ह्याङ हुन्छ तपाईंकाे कम्प्युटर ? यसाे गर्नुस्

दैनिक जीवनका विभिन्न काममा कम्प्युटर प्रयोग हुन्छ । अहिले यो अत्यावश्यकजस्तै भइसकेको छ । कम्प्युटरमार्फत विश्वभरका सूचना आदन–प्रदान गर्न सकिन्छ । तर, कम्प्युटरमा भाइरस लागी समस्या सिर्जना भएर दिक्क लाग्ने अवस्था निम्तिन्छ । भाइरसबाट कम्प्युटरलाई जोगाउने केही उपाय यस्ता छन् :

  •  जथाभावी अनलाइन साइट खोल्दा र अरूका विभिन्न इमेल आफ्नो कम्प्युटरबाट खोल्दा पनि भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले पनि अपरिचितले पठाएको वा असम्बन्धित इमेल चेक गर्नुहुँदैन । 
  • बजारमा किनेका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरीकार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना भएकाले एन्टीभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा एन्टीभाइरस नराख्नेजस्ता गल्ती गर्नुहुँदैन ।
  • पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सिनुहुँदैन ।




  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १८:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया