विमानस्थलमा सरकार भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई कोरोना जाँच गरियो

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह भारतको भ्रमणपछि नेपाल फर्किएका छन् । 

अहिले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपालले पनि त्रिभुवन विमानस्थलमा सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न थालेको छ । आइतबारमात्र स्वास्थ्य मन्त्रालयले विदेश जाने र आउने दुवै यात्रुको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरिनु पर्ने निर्णय गरेको छ ।

यही क्रममा भारतको भ्रमण सकेर नेपाल फर्किएका ज्ञानेन्द्र शाहमाथि पनि कोरोना भाइरस परीक्षण गरिएको हो ।

उनी विमानस्थलमा हिँड्दै आउँदा स्वास्थ्य परीक्षणमा बसेका कर्मचारीले भन्छन्– सरकार, स्वास्थ्य परीक्षण गरौँ । ज्ञानेन्द्र शाह मुसुक्क हाँस्छन् अनि परीक्षणका लागि तयार हुन्छन् । 

उनको सँगसँगै पूर्वरानी कोमल शाह र उनीहरुसँगै यात्रा गरेका अन्य यात्रुको पनि स्वास्थ्य जाँच गरिएको छ । यो जाँचमा उनको स्वास्थ्य सामान्य देखिएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार ०:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया