साहरुखले पढे १५ स्क्रिप्ट तर छानेनन् एउटै फिल्म, झन् कमाए बढी

एजेन्सी— बलिउड अभिनेता साहरुख खानको डिसेम्बर २०१८ यता कुनै पनि फिल्म आएको छैन । उनले कुनै फिल्ममा अहिले काम गरिरहेका पनि छैनन् । 

तर, उनले फिल्ममा काम नगरे पनि उनको कमाइ भने रोकिएको छैन । बरु एउटा रिपोर्ट अनुसार उनको फिल्ममा काम नगरेको वर्ष नै कमाइ चाहिँ १२२ प्रतिशत बढेको छ ।

फोब्र्स पत्रिकाका अनुसार सन् २०१८ मा साहरुख खानले ५६ करोड भारतीय रुपैयाँ कमाएका थिए । अब २०१९ मा उनको कमाइ १२४ करोड रुपैयाँ भएको छ ।

यसको कारण चाहिँ उनले गत वर्ष फिल्ममा काम नगरे पनि विभिन्न ब्रान्डको विज्ञापनका काम गरेकाले हो भन्ने तर्क राखिएको छ ।
 





  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया