डोल्पामा अनौठो रोगले गाउँ नै सिथिल, काठमाडौंबाट कोरोना भित्रिएको भन्दै स्थानीय त्रसित !

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर करेलीकाँडा गाउँमा अज्ञात रोगका कारण मानिसहरु थला पर्न थालेका छन् । एउटै गाउँका ४० भन्दा धेरै अचानक बिरामी परेपति त्यहाँ सन्त्रासको वातावरण बनेको छ । 

प्रत्येक घरमा एकजना बिरामी भेटिन थालेको र रोग गाउँभर फैलिएको स्थानीहरुले बताउन थालेका छन् ।

गाउँमा फैलिएको रोग के हो भन्ने अहिलेसम्म खुलेको छैन । स्थानीयहरु स्वास्थ्य चौकी टाढा रहेकाले जान पनि नसकेको स्थानीयले बताएका छन् । 

यो अनौठो रोगका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म थला परेका छन् । टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने तथा वान्ता हुनेजस्ता लक्षण स्थानीयमा देखिएका छन् ।

अर्कोतिर, स्थानीय काठमाडौंबाट फर्किएकाले कोरोना भाइरस गाउँमा संक्रमण गराएको भन्दै त्रसित भएका छन् । त्यहाँ काठमाडौंमा कोरोना भाइरस भित्रिएको भन्ने हल्ला भएको बताइएको छ ।





  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १७:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया