एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा बिमा सुविधा पनि

काठमाडौं– एन आई सी एशिया बैंकले मुद्दती खातामा उच्च ब्याजदरसँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एन आई सी एशिया बैंकले न्यु सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । 

यसअघि विभिन्न अविश्वसनीय सुविधा दिँदै आएको बैंकले व्यक्तिगत मुद्दती खातामा ग्राहकका लागि तीन विभिन्न अतुलनीय बिमा सुविधा दिएको छ । जसले परम्परागत रुपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिदिएको छ ।

बैंकले ग्राहकको सुविधाका लागि न्यु सुपर चमत्कारिक मुद्दती निक्षेप खातामार्फत जीवनमा आइपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बिमा सुविधा दिएको छ । 
खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बिमा सुविधा दिएको छ । यस्तै, ग्राहकले १८ घातक रोगहरुका लागि १० लाख रुपैयाँसम्म र १ लाख रुपैयाँसम्मको औषधिउपचार बिमा सुविधा पाउनेछन् । ग्राहकले बहिरंग (ओपिडी) उपचार गर्नुपरेमा २० हजार रुपैयाँसम्मको सुविधा पाउनेछन् । जुन २० हजार डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधिलगायतमा खर्च गर्न सकिनेछ । सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बिमाबाट खर्च प्रदान गर्नेछ ।
  
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट ६० लाखभन्दा बढीको बिमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । एन आई सी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेको दाबी गर्दै बैंकले यसबाट आफ्ना ग्राहकमा फाइदा पुग्ने विश्वास लिएको छ । 

२१ लाखसम्मको बिमा सर्वसाधारण आफैँले गर्नुपरेमा करिब १४ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने हुन्छ । तर, यस न्यु सुपर चमत्कारिक योजनाअन्तर्गत बैंक स्वयंले उक्त बिमा सुविधा बापत लाग्ने बिमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रुपैयाँको सेवा लिन सक्नेछन् । 

न्यूनतम १ लाख वा सोभन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रुपैयाँसम्म बिमा सुविधा प्राप्त गर्न सकिनेछ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बिमा सुविधा दिएको छ । यस्तै, १८ घातक रोगका लागि २ लाख रुपैयाँसम्म र ५० हजार रुपैयाँसम्मको औषधि उपचार बिमा सुविधा पाउनेछन् ।  
न्यूनतम निक्षेप रकम     बिमा सुविधा    ब्याजदर

रु १ लाख वा सोभन्दा बढी    १२ लाख ५० हजार बिमा सुविधा    ९.७५%
रु १० लाख वा सोभन्दा बढी    २१ लाख बिमा सुविधा    ९.७५%
रु२५ लाख वा सोभन्दा बढी     २१ लाख बिमा सुविधा    ९.७५%



ग्राहकले न्यु सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नेछन् । बैंकर्स संघमा भएको भद्र सहमतिअनुसार बैंकहरुले मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशतसम्म ब्याज पाउनेछन् । त्यसमा शाखा प्रमुखले बढीमा ०.५० प्रतिशत सम्म ब्याजदर थप्न सक्छन् । 

त्यसैले प्रायः सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा ९.७५ प्रतिशतसम्म ब्याज दिन्छन् । एन आई सी एशिया बैंकले भने सर्वाधिक उच्च ब्याजदरसँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा थप गरेको बैंकले जनाएको छ ।  



  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १८:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया