काेराेना भाइरस: नेकपा प्रदेश १ को कार्यकर्ता भेला स्थगित

झापा— नेकपाले मंगलबारको लागि राखेको प्रदेश–१ स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । कार्यक्रमका लागि झापा पुगेका बरिष्ठ नेता झलनाथ खनालले प्रदेश स्तरीय भेलाका साथै २१ फागुनमा सुखानीमा हुने शहीद स्मृति सभा पनि स्थगित भएको बताएका छन् ।‘कार्यक्रमका लागि म हिजै झापा आइपुगेको थिएँ, आज विहान सबै कार्यक्रम स्थगित भएको जानकारी पाएँ’ खनालले नयाँ पत्रिकासँग फोनमा भने ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले ठूलो जमघट हुने कार्यक्रम नगर्ने निर्देशन दिएअनुसार उक्त कार्यक्रम स्थगित गर्न निर्देशन दिएको बताए ।

अकोरोना भाइरसको संक्रमण नेपालमा पनि देखा परेको भन्दै सरकारले सोमबार  भिडभाड र विवाह भोज नगर्न सोमबार निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम नेकपाले भेला स्थगित भएको हो ।

झापाको विर्तामोडस्थित सिटीसेन्टरको साई पार्टी प्यालेसमा कार्यक्रमको भव्य तयारी गरेको नेकपाले सरकारको निर्देशनलाई पालना गर्दै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

भेलामा पार्टी अध्यक्ष, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो । खनाल झापा पुगिसकेपनि सचिवालय सदस्यहरु रामबहादुर थापा र महासचिव पौडेल आज झापा पुग्ने कार्यक्रम थियो ।

कार्यक्रम स्थगित भएपछि अध्यक्ष प्रचण्ड लगायतका नेताहरु नआउने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । ‘भेलाका लागि १ नम्बर प्रदेशका अधिकांश जिल्लाका ४ सय जना भन्दा बढी प्रतिनिधि आइसक्नु भएको र केही आउने क्रम जारी थियो । तर, भेला स्थगित भएको कुरा प्रदेश कमिटीले बिहान मात्र जानकारी दियो’  उनले भने, ‘पार्टीको केन्द्रीय  तहको निर्देशन अनुसार भेला स्थगित भएको हो । ’



त्यस्तै, बुधबार सुखानीको स्मृतिमा सुखानी पार्कमा हुन लागेको आमसभा पनि स्थगित भएको छ ।



  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १०:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया