एजेन्सी– टी २० वरियतामा नेपालको स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निकालेको वरियतामा अब नेपाल १५ स्थानमा पुगेको छ । यसअघि नेपाल ३ स्थान माथि १२ नम्बरमा थियो ।
पछिल्ला खेलहरुमा लगातार खराब प्रदर्शन गरेको नेपालको स्तर खस्किएको हो । आइसिसीले नेपाललाई १८५ रेटिङ पोइन्ट दिएको छ ।
एसोसियट राष्ट्रमा नेपालभन्दा अगाडि स्कटल्यान्ड १२ तथा संयुक्त अरब इमिरेट्स १४ औं स्थानमा छन् । स्कटल्यान्डले १८७ रेटिङ पोइन्ट पाएको छ भने युएइले १८६ रेटिङ पोइन्ट पाएको छ ।
आइसिसीको नयाँ वरियतामा २७० रेटिङ पोइन्ट्ससँगै पाकिस्तान शीर्ष स्थानमा छ । अष्टे«लीया, इङ्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्युजील्याण्ड, अफगानिस्तान, श्रीलंका ,बङ्गलादेश तथा वेस्ट इण्डिज क्रमशः दोस्रो देखि १० औं स्थानसम्म छन् ।
एक दिवसीय वरियातामा नेपालको स्थान १६ नम्बरमा छ । नेपालले एक दिवसीयमा २० रेटिङ पोइन्ट्स पाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।