प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजे

काठमाडौं– शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणकाे समय तालिका सार्वजनिक गरेकाे छ । जसअनुसार भोलि ९ बजे प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपण गरिने भएको छ ।

मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको अस्पतालले जनाएकाे छ । उनको सबै रिपोर्ट सामान्य आएको र भोलि बिहान ९ बजे प्रत्यारोपण सुरु हुने प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीलाई जानकारी दिए । 

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । 





  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १७:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया