राष्ट्रिय सभाका १८ जना सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैं–  राष्ट्रिय सभाका १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शप खुवाएका हुन् । आज शपथ लिएका सांसदको कार्यकाल ६ वर्षको हुनेछ ।

शपथ ग्रहण पछि अध्यक्ष तिमिल्सिनाले नयाँ सांसदहरूलाई सांसदको लोगो लगाइदिएका थिए । संघीय संसद सचिवालयले नयाँ सांसदहरूलाई संविधान र कानुनसहितको झोला दिएको थियो ।

२ वर्षे कार्यकाल पूरा गरेर १९ जना सांसद राष्ट्रिय सभाबाट बाहिरिएको एक दिनपछि बुधबार १८ जना सांसदले शपथ ग्रहण गरेका हुन् । उनीहरु गत माघ ९ गते निर्वाचित भएका थिए । १८ जना नयाँ सांसदमा सत्तारुढ नेकपाका १६ र राजपाका २ जना छन् ।

राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको भने टुंगो लागेको छैन । राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडाको २ वर्षे कार्यकाल मंगलबार सकिएको थियो ।

यसरी शपथ लिने सांसदमा शेखरकुमार सिह, मृगेन्द्रकुमार सिह यादव, गंगाकुमारी बेल्बासे र वेदुराम भुसाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान छन् । त्यस्तै, नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने, गोपाल भट्टराई, सुमित्रा विसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर विमला घिमिरे, जगप्रसाद शर्मा रहेका छन् ।

आज संसद प्रवेश गरेकामा ७ महिला, २ दलित, २ अपागंता भएका वा अल्पसंख्यक र ७ जना अन्य समूहबाट निर्वाचित भएका हुन् । 





  • प्रकाशित मिति : फागुन २१, २०७६ बुधबार १६:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया