काठमाडौं– डा. युवराज खतिवडा बुधबार पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन् । नयाँ अर्थमन्त्रीका रुपमा उनले पुन: पदभार ग्रहण गरेका छन् ।
बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा आई पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।
संसद सदस्य नरहेपछि खतिवडाले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि मंगलबार सकिएको थियो ।
राजीनामा दिएको भोलिपल्टै बुधबार खतिवडा पुन: अर्थमन्त्री नियुक्त भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।