न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई कारबाही गर्न पत्रकार महासंघको सूचना विभागलाई अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई कारबाही गर्न सूचना तथा प्रसारण विभागलाई अल्टिमेटम बुझाएको छ ।

महासंघअन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले विभागलाई एकहप्ते अल्टिमेटम बुझाएको हो ।

महासंघको टोलीसँग विभागका महाप्रबन्धक लेखनाथ शर्माले ऐनअनुसार सेवासुविधा नदिने सञ्चारमाध्यमलाई ध्यानाकर्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समितिका सहसंयोजक जन्मदेव जैसीले महासंघको ध्यानाकर्षणलाई अझै बेवास्ता गरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए । 





  • प्रकाशित मिति : फागुन २१, २०७६ बुधबार १८:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया