प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकले बताएका छन् । बुधबार मिर्गौलाको सफल प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली अहिले प्रत्यारोपण उपचारकक्षमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बिहीबार बिहान अस्पताल पुगेका थिए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग जानकारी लिएका थिए । पोखरेलले चिकित्सकलाई उद्धृत गर्दै प्रधानमन्त्रीको अवस्था सुधार हुँदै गएको बताए ।

ओलीलाई बिहीबार बिहान चिया खुवाइएको चिकित्सकले जानकारी गराएका छन् । ओलीलाई अहिले शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखिएको अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार, हरेक दिन अपराह्न ४ बजे प्रधानमन्त्रीको स्वास्थ्यबारे औपचारिक जानकारी दिने तयारी गरिएको छ । 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको यो दोस्रोपटक हो ।  १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार ओलीको अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो ।





  • प्रकाशित मिति : फागुन २२, २०७६ बिहीबार १२:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया