पढ्न अष्ट्रेलिया गएका नेपाली विद्यार्थीको समुद्रमा डुबेर मृत्यु

काठमाडौं– अष्ट्रेलिया पढ्न गएका एक नेपाली विद्यार्थीको समुद्रमा डुबेर ज्यान गएको छ । पोखरा स्थायी घर भएका निकेश श्रेष्ठको बुधबार मृत्यु भएको हो । 

पौडी खेल्ने क्रममा क्विन्सल्याण्ड राज्यनजिक समुद्रमा डुबेका निकेसलाई छालले बगाएको थियो । छालमा बेपत्ता भएपछि सँगै पौडी खेलिरहेका उनका साथीहरूले उद्धारकर्मी बोलाएका थिए । 

उद्धारकर्मीले दुई सय मिटर पर तैरिरहेको अवस्थामा निकेशको शव भेटाएको थियो । फेडेरेसन युनिभर्सिटीमा अध्यनरत उनीसहित पाँचजना पौडी खेल्न समुद्रमा पुगेका थिए ।

अहिले उनको शव नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ । 





  • प्रकाशित मिति : फागुन २२, २०७६ बिहीबार १५:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया