स्थगित भयाे इपिएल क्रिकेट

काठमाडौं–  चैत १ बाट सुरु हुने तय भएकाे एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट स्थगित भएकाे छ । विश्वभर कोरोनाको संक्रमण फैलिएपछि राष्ट्रिय खेलकुद परिषद्ले इपिएल क्रिकेट स्थगित गरेकाे हाे ।

इपिएलकाे यो सिजनमा बिग बोस क्रिस गेलसहितका स्टार खेलाडी आउने पक्का भएको थियो । तर, निर्धारित समयमा खेल नहुने भएपछि उनीहश्रुकाे सहभागिता अनिश्चित बनेकाे छ ।

खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिएकाे र अर्को सूचना नआएसम्मका लागि स्थगित गरेकाे आयोजककाे भनाइ छ । 





  • प्रकाशित मिति : फागुन २२, २०७६ बिहीबार १५:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया