काठमाडौंमा डेस्टिनेसन वेस्टर्न अष्ट्रेलिया कार्यक्रम हुँदै

काठमाडौं– वेस्टर्न अष्ट्रेलियाका विभिन्न शिक्षण संस्थाहरु सहभागी हुने डेस्टिनेसन वेस्टर्न अष्ट्रेलिया इन्फर्मेसन सेसन काठमाडौंमा हुँदैछ । वेस्टर्न अष्ट्रेलिया सरकारको आयोजनामा ७ मार्च (शनिबार) हुन लागेको यो कार्यक्रममा वेस्टर्न अष्ट्रेलियाबाट विभिन्न शिक्षण संस्थाका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई जानकारी दिँदै छन् । 

पछिल्लो समय अष्ट्रेलियामा विशेष भिसा पोलिसी ल्याइएको छ जसलाई स्टेट नोमिनेसन माइग्रेसन प्रोग्राम नाम दिइएको छ । शनिबार हुने कार्यक्रममा यसका लागि आवश्यक क्राइटेरिया पूरा हुने विद्यार्थीले सोझै यसमा आवेदन दिन सक्छन् । 

वर्षेनी पर्थसहित पश्चिमी अष्ट्रेलियामा ४९ हजारभन्दा धेरै विदेशी विद्यार्थी जाने गरेका छन् । १४ वर्ष यता विश्वका १० उत्कृष्ट बस्न लायक सहरमा पर्थ पनि पर्दै आएको छ । यहाँको जीवनशैली विश्वका २३० सहरमध्ये २१ औं उत्कृष्ट जीवनशैलीमा पर्न लागेको छ । 

यतिमात्र होइन, पर्थ पछिल्ला वर्षमा विज्ञान तथा प्रविधिमा पनि निकै अगाडि बढेको छ ।

शनिबार हुने कार्यक्रममा चाहिँ कर्टिन विश्वविद्यालय, इडिथ कोवान विश्वविद्यालय, सिक्यु विश्वविद्यालय, फिनिक्स एकेडेमीललगायतका विश्वविद्यालय सहभागी हुँदैछन् । 

हात्तीसारमा रहेको अष्ट्रेलियन इन्फर्मेसन इजुकेसन सेन्टरमा हुने कार्यक्रममा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियामा विशेष गरि पर्थमा र पश्चिमी क्षेत्रमा किन पढ्ने र बस्ने भन्नेबारे आवश्यक जानकारी लिन पाउने नेपालमा अष्ट्रेलियन शिक्षाका लागि १९ वर्षदेखि परामर्श दिइरहेका उद्धवबहादुर खड्का बताउँछन् ।



नायरका महासचिवसमेत रहेका खड्का भन्छन्, ‘अष्ट्रेलियन सरकारले नै कार्यक्रम गर्न लागेको छ, यसले अष्ट्रेलियामा पुगेर शिक्षा लिन चाहनेहरुलाई विशेष फाइदा पुग्नेछ, त्यसैले यो कार्यक्रममा विद्यार्थी तथा अभिभावकको सहभागीता अपेक्षा गरिएको छ ।’



  • प्रकाशित मिति : फागुन २३, २०७६ शुक्रबार १०:५३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया