काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यासका लागि लाइन बस्नु नपर्ने बताएका छन् ।
आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने पनि मन्त्री भट्टले बताए ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टले घरमा थप सिलिण्डर राख्नुनपर्ने भन्दै फोन गर्नेबित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने जानकारी दिएका हुन् ।
अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको मन्त्री भट्टको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।