प्रधानमन्त्रीलाई ठोस आहार दिएर हिँडडुल गराउन थालियो

काठमाडौं– मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् । तीन दिनअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले शुक्रबार पत्रकार सम्मेलनमा गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन सुरु गरिएको बताएका छन् । 

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्था सुधार भएको र ठोस आहार दिन थालिएको डा. खड्गाले बताए । प्रधानमन्त्रीले शुक्रबार बिहान घरबाटै लगिएको दाल र दिउँसो खानासमेत खाएका छन् ।

प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको पनि अस्पतालले जनाएको छ । उनले बिहान निजी चिकित्सकको मोबाइलबाट प्रमुख सल्लाहकार विष्णु रिमाललाई फोन गरेर आफू चाँडै काममा फर्किने जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँग पत्नी राधिकालाई समेत भेट्न दिइएको छैन । कुनै पनि संक्रमण नहोस् भनेर चिकित्सकले कडाइ गरेका छन् ।





  • प्रकाशित मिति : फागुन २३, २०७६ शुक्रबार १७:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया