शनिबार विहान बर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको भिमफेदी गाउँपालिका-९ मा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भिमफेदी-९ च्याउखोलामा चट्याङ लागेर २३ वर्षीय विजय स्याङ्ताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिए।
उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी घाइते हुनेमा विजयकी श्रीमती २२ वर्षीया सविता स्याङ्ताङ रहेको प्रहरीले जनाएको छ । घाइते सविताको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। सुतिरहेको अवस्थामा विहान ४:३० बजेतिर चट्याङ लागेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।