१० महिनालाई पुग्ने नुन छः साल्ट ट्रेडिङ

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसनले अहिले बजारमा देखिएको नुन सर्टेज कृत्रिम अभाव भएको जनाएको छ । उसले १० महिनासम्मका लागि देशको माग धान्न सक्ने गरि नुन भण्डारणमा रहेको पनि जनाएको छ । 

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेसँगै नुनलगायतका खाद्य पदार्थ बजारमा अभाव हुन थालेका छन् ।

दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी हुन थालेकाले उपभोक्तालाई यसबाट सचेत रहन साल्ट ट्रेडिङकी सिइओ उर्मिला श्रेष्ठले अनुरोध समेत गरेकी छिन् । उनले साल्ट ट्रेडिङसँग अहिले एक लाख ५८ हजार ५ सय मेट्रिक टन नुन मौज्दात रहेको पनि जानकारी दिएकी छिन् । 

नेपालको १० महिनाको माग धान्ने नुन साल्ट ट्रेडिङसँग भएको उनले बताएकी छिन् । 





  • प्रकाशित मिति : फागुन २५, २०७६ आइतबार १४:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया