भाग्न खोज्दै थिए यस बैंकका राणा, गार्डले बिगारिदिए खेल

एजेन्सी– भारतमा टाट पल्टिएको यस बैंकका फाउन्डर राणा कपुर र सरकार तथा आरबिआईबीच लामो समयदेखि मुसा र बिरालोको जस्तो लुकामारी भइरहेको थियो । 

उनी बैंकको सिइओ पदबाट हटाइएपछि लन्डन पुगेका थिए । त्यसपछि सरकारले र आरबिआईले उनलाई भारतमा फर्काउन निकै षडयन्त्रपूर्वक जाल खेलेको थियो । राणालाई भारतमा आएपछि उनलाई चारै तिरबाट छानबिन हुन थालेको आभास भएको थियो । अनि उनी फेरि लन्डन भाग्ने सुरसारमा थिए । तर, उनको बंगलाका गार्डले नै उनको यो योजनालाई फेल खुवाइदिए । 

भारतीय मिडियामा आएको रिपोर्टअनुसार पछिल्ला आठ महिनामा कम्तिमा पनि तीन यस्ता मिटिङका सन्दर्भ आएका थिए जब लगानीकर्ता र राणाबीच छलफल भएका थिए । तर, यी तीन वटै सन्दर्भमा राणाकै कारण लगानीकर्ता एस बैंकमा नआएको बताइएको छ । यही कारणले त्यहाँको केन्द्रीय बैंकले राणामाथि शंका गरेको थियो ।

यहीबीच बैंक डुबेको थियो । यही समयमा राणा लन्डन भाग्न खोज्दै थिए । तर, उनको बंगलाका गार्डले नै त्यहाँको प्रहरीलाई यो सूचना दिए । जसका कारण उनी समातिएका छन् । 





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार ११:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया