तौल कम गर्न चाहानु हुन्छ भने ‘ह्वाइट फूड’ लाई अस्विकार गर्नुहोस्

यदी तौल घटाउनेबारे सोच्दै हुनुहुन्छ भने ‘ह्वाइट फूड’ लाई आफ्नो डाइटबाट हटाउनु पर्छ । आफ्नो खाना खाने बानी सुधारेर धेरै तौल घटाउन सकिन्छ । ‘ह्वाइट फूड’ मा सेतो आटा, सेतो चामल, सेतो चीनी लगायतका खाद्य वस्तु पर्छ । यी खानामा कार्बोहाइड्रेट र स्टार्च प्रशस्त मात्रामा रहेको हुन्छ । यस्ता खानाको ग्लाइकेमिक इन्डेक्स भ्यालु पनि अत्याधिक हुन्छ । पोषण तत्व कम पाइने यी खानालाई डाइटबाट हटाएर तौल मात्र कम हुँदैन ब्लड र सुगरको लेवलमा पनि सुधार हुन्छ । 

आटा, सेतो चामल, पनीर, मिठाई र ड्रिङ्स जस्ता खाद्य पदार्थमा हानिकारक कार्बोहाइड्रेट धेरै र पोषण तत्व तथा फाइबर ज्यादै कम हुन्छ । यी खाना खाईसकेपछि पनि पेट भरिएको महशुस हुँदैन र अरु क्यालोरी खान मन लाग्छ । खानामा ह्वाइट फूडको प्रयोगको बदलामा ब्राउन ब्रेड, ओट्स ब्रेड, मल्टीग्रेन बे्रड, गहुँको पास्ता, ह्वाइट सुगरको प्रयोग सट्टामा सखर, महको प्रयोग गर्न सकिन्छ । आलुलाई तरकारीको रुपमा प्रयोग गरे पनि हरियो सागसब्जी धेरै खानुपर्छ । सब्जी खादा ध्यान पु¥याउँनु पर्ने कुरा के हो भने कुनै सब्जिमा सोडियम बढी हुन्छ । त्यस्तो सब्जी धेरै खानु हुँदैन । 
 





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १३:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया