सपना देखेर मात्र काम छैन: माधवकुमार नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सपनालाई कार्ययोजनामा रूपान्तरण गर्दै विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याएका छन् । ‘सपना मात्रै देख्ने, हेरेर मात्रै बस्ने, सपनालाई कार्ययोजनाका रूपमा अघि नबढाउने प्रवृत्तिको कुनै अर्थ छैन,’ आइतबार रौतहट टाइम्स पत्रिकाको २२औँ वार्षिकोत्सवमा बोल्दै नेता नेपालले भने, ‘सपनालाई कार्ययोजनामा रूपान्तरण गर्दै समयभित्रै सम्पन्न हुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता छ ।’

योजना बनाउने, बीचमै रोक्ने र फेरि भत्काएर अर्को योजनामा लाग्ने तथा जिम्मेवार निकायहरूले आपसमा आरोप–प्रत्यारोप गरेरै समय बिताउने रोगबाट नेपाल मुक्त हुन नसकेको उनको भनाइ थियो । उनले दीर्घकालीन योजनासहित सरकारी निकायहरूले समन्वय र आवश्यक तालमेल गरेर अघि बढ्नुपर्ने बताए ।

विकासको कार्यशैलीमा व्यापक सुधार गर्न अनुगमन, सुपरीवेक्षण, अनुसन्धान, मूल्यांकन, दण्ड र पुरस्कारलाई पद्धतिकै रूपमा कडाइका साथ पालना गर्नुपर्नेमा पनि जोड दिए । अधिकार प्राप्तिको लडाइँ जितेका राजनीतिक दल र नेतृत्वले अबको समृद्धिको यात्राको परीक्षामा उत्तीर्ण गर्न नवीन सोच र कार्यशैलीसहित काम गर्नुपर्ने खाँचो रहेको उनको भनाइ थियो ।





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १४:१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया