होलीमा एक कुकर भात खाएकी थिइन् दीपाश्रीले

काठमाडौं– आज फागूपूर्णिमा । पहाडी र हिमाली क्षेत्रमा आज मनाइने यो चाड भोलि तराई क्षेत्रमा मनाइन्छ । 

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि फागूपूर्णिमा आएपछि फुरुङ्गै हुन्छिन् । तर, यसपटक उनले होली नखेल्ने निर्णय गरेकी छिन् । ‘सरकारले पनि विभिन्न सूचना प्रसारण गरिरहेको छ,’ उनले भनिन्, ‘मलाई निकै मन पर्ने भए पनि यसपटक नखेल्ने निर्णय गरेँ । त्यति मात्र होइन, म अरु नेपालीलाई पनि कोरोना भाइरस संक्रमणबाट बच्न आज यो चाड नमनाउन अनुरोध गर्छु ।’

आजसम्म कोरोना नेपाल नभित्रिएकाले पनि अब विशेष सजगता अपनाउन पर्ने उनको धारणा थियो । ‘सबै स्वस्थ्य भएर बाँच्न सक्यौँ भने त होली अर्को वर्ष पनि आउँछ नि,’ उनले भनिन्, ‘त्यसैले यसपटक भिडभाडमा नजाऔँ, अर्कोपटक होली मनाऔँला ।’

यसपटक होली नमनाए पनि दीपाश्रीसँग होलीका विभिन्न सम्झना नभएका चाहिँ होइनन् । उनले त वर्षेनी होली आएपछि आफ्नो टिनएज सम्झिन्छिन् । 

‘एसएलसी दिने तयारीमा थिएँ,’ उनले भनिन्, ‘होलीमा बेस्सरी भाङ खाएकी थिएँ, घरमा सबैजनालाई पकाएको एक कुकर भात म एक्लैले सकिछु ।’ उनले भाङले आफूलाई लठ्याएको र त्यति धेरै खाना एक्लैले खाएको बताइन् । ‘भोलिपल्ट घरमा उपद्रो गरिस् भन्नुभयो, मलाई लाज लाग्यो,’ दीपाश्री हाँसिन् ।





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १४:१६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया