इटालीमा कोरोना भाइरसका कारण आइतबार एकै दिनमा १३३ जनाको मृत्यु, इटलीका सेना प्रमुख र फ्रान्सका चार सांसदलाई संक्रमण
फ्रान्समा चारजना सांसदमा

काठमाडौं– इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढेको छ । आइतबार मात्र इटालीमा कोरोना भाइरसका कारण १३३ जनाको मृत्यु भएको छ । 

एजेन्सीका अनुसार अहिलेसम्म इटालीमा कोरोनाका कारण ३६६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढेको सिभिल प्रोटेक्सन एजेन्सीले जनाएको छ । 

हालसम्म एटलीमा कोरोना भाइरसबाट संक्रमित हुनेको ७ हजार ३ सय ७५ जना पुगेको छ । यसअघिको तथ्यांकमा संख्या ५ हजार ८ सय ८३ कोरोना संक्रमित रहेकोमा २५ प्रतिशतले बढेर झन्डै साढे सातहजार पुगेको हो । 

इटाली सरकारले नयाँ लामबर्डी र अन्य १४ प्रातन्तका १.६ करोड मानिसका लागि यात्राको लागि विशेष अनुमति लिनुपर्ने नियम लगाएको छ । कोरोना फैलिन नदिनका लागि कडा कदम उठाएको इटली सरकारले बताएको छ ।  

देशभर स्कुल, जिम सेन्टर, संग्राहलय, नाइटक्लब तथा मानिसको भिडभाड हुने अन्य स्थान बन्द गर्ने घोषणा गरिएको छ । सरकारले यो प्रतिबन्ध आगामी ३ अप्रिलसम्मका लागि लागु गरेको हो । स्थिति साम्य नभएमा सो अवधि अझै लम्बिन सक्ने जनाइएको छ । 

पछिल्लो समय कोरोना संक्रमणले विश्वलाई नै आतंकित बनाएको छ । इटली चीनपछिको दोस्रो संक्रमित देश बनेको छ । हालसम्म दक्षिण कोरियामा ७ हजार ३ सय १३ जनामा र इरानमा ६ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ९४ जनाको ज्यान भएको छ ।



इटलीका सेना प्रमुख साल्वातोर फारिनी समेत कोरोनाको संक्रमणमा परेका छन् । उनी सेल्फ क्वारेन्टाइनमा रहेक छन् । फ्रान्समा आइतबारसम्ममा चारजना सांसदमा कोरोना देखिएको छ । त्यहाँ १ हजार १ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । 

विश्वभर ३ हजार ६ सय मानिसको ज्यान गएको छ भने १ लाख ७ हजारमा कोरोना संक्रमण भएको छ । 



  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १५:४६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया