अस्ट्रेलिया पढ्न गएका एक विद्यार्थीमा कोरोना संक्रमण, सँगै अपार्टमेन्टमा बसेका चारजना पनि क्वारेन्टाइनमा

काठमाडौं– नेपालबाट अस्ट्रेलिया पढ्न गएका एक विद्यार्थीमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । क्यानबेरास्थित नेपाली दूतावासले यसको पुष्टि गरेको हो ।

नेपाली दूतावासले जानकारी दिएअनुसार हाल उनको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको छ ।  उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालको भनाइ छ । 

ती विद्यार्थी अस्ट्रेलिया कहिले गएका हुन् भन्नेबारे भने दूतावासले केही खुलाएको छैन । ती विद्यार्थीमा कोरोना संक्रमण भेटिएपछि उनीसँगै अपार्टमेन्टमा बसेका चारजनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । 

अपार्टमेन्टमा सँगै बसेका चारजनामा भने संक्रमण नदेखिएको बताइएको छ । 





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १६:२३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया