प्रधानमन्त्रीलाई मंगलबार वा बुधबार डिस्चार्ज गरिने

काठमाडौं– गत २० फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको शिक्षण अस्पतालले जनाएको छ । अहिले अस्पतालमै आराम गरिरहेका उनलाई बुधबारसम्म डिस्चार्ज गरिने बताइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले उनलाई मंगलबार वा बुधबार डिस्चार्ज गरिने उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओली अहिले हिँड्डुल गर्न सक्ने र आफैँ खानेकुरा खान सक्ने भइसकेका छन् । त्यसैले अब डिस्चार्जको तयारी गरिने उनले बताए । 

अहिलेसम्म अस्पतालमा भिकित्सकबाहेक कसैसँग पनि भेटघाट गर्न दिइएको छैन । डिस्चार्ज नभएसम्म कसैलाई पनि भेट्न नदिने चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीसँगै उनलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई पनि डिस्चार्ज गर्ने तयारी भइरहेको ती चिकित्सकले बताएका छन् । 
 





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १६:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया