३० रूपैयाँमा मास्क बिक्री गर्ने व्यापारीलाई दुई लाख जरिवाना

धनगढीको 'न्यू सुशील श्रृङ्गार पसल'का मालिकलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्लाकाे वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालयका प्रमुख कमल पुनका अनुसार कम मूल्यको मास्कलाई ३० रूपैयाँमा बेचेको भन्दै कारबाही गरिएको हाे ।

'उक्त पसलले ६ रुपैयाँ पर्ने अर्डिनरी मास्कलाई ३० रुपैयाँमा बेचेको पाइएको छ,' उनले भने । एक जना कर्मचारीलाई ग्राहक बनाएर पठाउँदा ६ रुपैयाँ खरिद बिल भएको मास्कलाई ३० रुपैयाँमा बेचेको कार्यालय प्रमुख पुनले बताए ।

यस्तै, सन् २०१७ मा उपभोग्य अवधि सकिएको बडी स्प्रे, क्रिमलगायत श्रृङ्गार सामग्री बिक्री गरेको पाइएको उपभोक्ता कार्यालयले जनाएको छ । उत्पादन र उपभोग्य मिति नभएका सामानसमेत बिक्री गरिरहेको फेला परेको कार्यालय प्रमुख पुनले जानकारी दिए ।

पुनका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार पसल सञ्चालक सन्ध्या अग्रवाललाई अनुगमन स्थलमै दुई लाख जरिवाना गरिएको हो । उपभोग्य अवधि सकिएका, उत्पादन र उपभोग्य मिति नलेखिएका सामानसमेत जफत गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ । उपभोक्तालाई ठगी गरेमा, उपभोग्य वस्तुको कालोबजारी गरेको पाइएमा अनुगमन स्थलमै तीन लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था उपभोक्ता संरक्षण ऐनमा छ । 





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार २३:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया