काठमाडौं– गत २० फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको शिक्षण अस्पतालले जनाएको छ । स्वास्थ्यमा सुधार भए पनि तत्काल उनको डिस्चार्ज नहुने भएको छ ।
यसअघि उनलाई बुधबारसम्ममा डिस्चार्ज गरिने बताइएको थियो । अस्पतालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै राख्नुपर्ने जनाएको हो ।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले अझै केही दिन अस्पताल बस्नु पर्ने बताइन् । यद्यपि प्रधानमन्त्री ओलीले भने छिटै डिस्चार्ज गर्न आग्रह गरेका छन् ।
अस्पतालले चिकित्सकले डिस्चार्ज कति दिनमा हुने भन्ने खुलाएको छैन । प्रधानमन्त्री ओलीको गत बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।